‘भष्मे डन’ मा भित्रिइन् स्वस्तिमा

Video

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच अभिनयको विषयमा सम्झौता भएको हो ।

दीपेन्द्रले अभिनेता खगेन्द्र लामिछानेले मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा विपिन कार्की ‘भष्मे डन’ को रूपमा देखिँदैछन् । स्वस्तिमा विपिनको अपोजितमा देखिनेछन् । फिल्ममा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको समेत अभिनय रहनेछ ।

‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि फिल्म निर्माण हुन लागेको हो । आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायांकन हुनेछ । फिल्मको रिलिज मिति नयाँ वर्षको दसैँ हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *