काठमाडौं । गायक नवीन कार्की र मिलन नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय गरेका छन् ।
गीतकार भोला पौडेलको एरेन्ज र मिक्सिंगमा तयार भएको गीतको म्युजिक डाइरेक्टमा सन्तोष राजवाहक छन् ।
रिमेश कुमार थापाद्वारा संगीतबद्ध उक्त गीतको छायाकार उत्सव दाहाल हुन् । वोएसआर डिजिटल युट्युब च्यानलबाट अनामनगर सिलौटो क्याफेमा एकसमारोहबीच सार्वजनिक गरिएको छ ।