सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौं महाधिवेशन आयोजक समिति सदस्य तथा सिरहा र सप्तरी जिल्लाका इन्चार्ज गणेश ५८ दिनपछि २ लाख धरौटीमा सिन्धुली कारागारबाट बुधबार रिहा भएका छन् । उनलाई ३ बुदे सहमति उल्लंघन गर्दै दलाल सरकारको प्रहरीद्वारा कात्तिक २९ गते सिरहाको गोलबजारबाट गिरफ्तार गरेको थियो ।
