कञ्चनपुर: कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिकाको ८ नम्बर वडा अध्यक्ष बहादुर महराले वडा अध्यक्षबाट राजिनामा दिदै नेकपा (बहुमत)मा समाहित भएकाे कुरा पार्टी जिल्ला कार्यलय सचिव दिपेन्द्र ऐरीले बताएका छन् । कञ्चनपुर जिल्ला पार्टी ईनर्चार्जद्वारा हस्ताक्षरित वक्तव्यद्वारा उहाँलाई स्वागत गरेको छ ।
यस्तो छ वक्तव्य को पुर्ण पाठ: ‘प्रदेश नम्बर ०७ शुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला अन्तर्गत शुक्लाफाटा नगरपालिका को ०८ नम्बर वडा अध्यक्ष बहादुर महरा ले वर्तमान दलाल संसदीय सत्ताको वडा अध्यक्ष पद बाट राजिनामा दिएर गरि वैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा समाहित हुनु भएको को मा हाम्रो पार्टी उच्च सम्मान सहित हार्दिक स्वागत गर्दछ !’