दलाल पुँजिवादबाट पुँजिवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक छ : संयाेजक कञ्चन

News Political

काठमाडौं: नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

काठमाडौंको संवाद डबलीमा ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्ताे बताएका हुन् ।

बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पुँजिवादबाट पुँजिवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने बताए ।

उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, नेकपा समाजवादीका राजु कार्की, वैज्ञानिक समाजवादीका जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित माओवादी शक्तिहरु नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *