नेपालको वामप्रजातान्त्रिक आन्दोलनको श्रीगणेश गर्न, यसलाई राष्ट्रव्यापी बनाउन र सफलताको मञ्जिलसम्म पुर्याउन विद्यार्थी समुदायको महत्वपूर्ण भूमिका रहेको हो। जहाँनीया राणा शाहीविरुद्ध संघर्षको शंखनाद गर्ने श्रद्धेय शहीद गंगालाल लगायत धेरैजसो विद्यार्थी नै थिए।
लेखक: निर्मला खड्का ‘निरु’
पञ्चायतकालमा राजनीतिक दल खोल्न संविधानले नै निषेध गरेको अवस्थामा प्रतिबन्धित दलहरुले आफ्ना खुला कार्यक्रमहरु विद्यार्थी संगठनमार्फत यत्किञ्चितरुपमा भए पनि जनसमक्ष लैजाने गर्दथे। यो कुरा बुझेपछि पञ्चायती सरकारले विद्यार्थी संगठनमाथि नै प्रतिबन्ध लगायो। ‘विद्यार्थी संगठन राजनीतिक दल होइन, शैक्षिक एवं सामाजिक संगठन हो, यस उपर प्रतिबन्ध लगाउन पाइँदैन, प्रतिबन्ध लगाउने सरकारी काम कारबाही बदर गरी पाउँ’ भनी सवोर्च्च अदालतमा रिट निवेदन दायर गरेकोमा अदालतले विद्यार्थीलाई जितायो। प्रतिबन्ध फुकुवा भयो। र, प्रतिबन्धित काँग्रेस समर्थक विद्यार्थीहरु नेपाल विद्यार्थी संघको नाममा संगठित भए भने कम्युनिष्ट पार्टीसमर्थकहरु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नाममा संगठित एवं क्रियाशील रहे। यसरी विद्यार्थीहरु काँग्रेस र कम्युनिष्टरुपमा संगठित हुँदा पञ्चायतसमर्थक विद्यार्थी नै नहुने देखेपछि पञ्चहरुले पनि संगठनको आवश्यकता महसुस गरी ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ नमको संगठन खडा गरे। यसको सञ्चालन तत्कालीन प्रशासनिक ढाँचामा महत्वपूर्ण मानिने अञ्चलाधीशले गर्दथे। राजाबाट नियुक्त हुने राजनीतिक प्रशासनिक चरित्रको यो अञ्चलाधीश पद निकै महत्वपूर्ण थियो, पञ्चायतकालमा। यसले सञ्चालन गर्ने विद्यार्थीले गुण्डागर्दी गर्ने, गुप्तचरी गर्ने हुँदा ‘मण्डल’ र ‘राष्ट्रवादी’ शब्द नै आमरुपमा बद्नाम भएको यथार्थताले नै नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् नेपाली शब्दकोषमा ‘मण्डले’ को शब्दार्थ गुण्डा, हुल्लड्वाज भनी दिएको हो।
विद्यार्थी र राजनीति :
माथि उल्लेखित भइसकेको छ कि नेपालमा प्रजातान्त्रिक आन्दोलन र विद्यार्थी आन्दोलनबीच अन्योन्याश्रति सम्बन्ध रहँदै आएको हो। २००४ सालमा तीन धारा पाठशालामा संस्कृति पढ्ने विद्यार्थीले चलाएको ‘जयतु संस्कृतम्’ आन्दोलनका मागहरु आधुनिक पाठ्क्रमयसमेत हुनुपर्ने भन्ने समेतका शैक्षिकहरु जस्ता देखिए पनि अन्तर्यमा उद्देश्य भने राजनीतिक नै थिए। राणाशासनको विरोध थियो। यस आन्दोलनका नेताहरु सर्वश्री श्रीभद्र शर्मा, श्रीकान्त अधिकारी, राजेश्वर देवकोटा, कमलराज रेग्मी, काशीराम गौतमलगायत पछि विभिन्न दलको शैर्षनेतृत्वमा पुग्न सफल भएका पनि हुन्। राजेश्वर देवकोटासँग मेरो कुरा हुँदा आफू राष्ट्रिय काँग्रेसका संस्थापकमध्ये एक रहेको बताएका थिए। तर, काँग्रेसीजनहरु यो मान्न तयार छैनन्। जे भए पनि कमलराज रेग्मीबाहेक अरु सबै नेपाली काँग्रेसको केन्द्रीय सदस्य भएका हुन्। श्रीभद्रजी त महामन्त्री नै थिए। कमलराज रेग्मी एकजना कम्युनिष्ट पार्टीका लाग्नु एउटा संयोग यो रहेको छ, उनको गृहजिल्ला पाल्लामा कम्युनिष्ट पार्टी पकड थियो।
अहिले पनि काँग्रेस र कम्युनिष्ट पार्टीका धेरै नेताहरु विद्यार्थी आन्दोलनबाट प्रशिक्षित भएका नै छन्। काँग्रेसका ठूला नेता मानिने सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र नेवि संघका नेता थिए। कम्युनिष्ट पार्टीरुमा पनि अखिलमा काम गरेका धेरै नेता छन्। पञ्चायती विद्यार्थी संगठन मण्डलमा सभापति रहेका कमल थापा राप्रपाका अध्यक्ष नै बने। मण्डलका संस्थापक अध्यक्ष पदम ठकुराठी पञ्चायतका उदारवादी खेमाका एक नेता थिए र उम्दा कोटीका पत्रकार पनि थिए। पञ्चायतभित्रकै घात-प्रतिघातले उनीमाथि गम्भीर शारीरिक हमला हुनु अगाडि उनको सक्रियता र गतिशीलता उल्लेख थियो।
अतः राजनीतिक प्रवेश र प्रशिक्षणको स्थल हो, विद्यार्थी आन्दोलन भन्ने र्छलङ्गै छ। राजनीतिमा महत्वाकांक्षा राख्नेहरुले यहीबाट आफ्नो करियर निर्माण गरेका छन्।
तर, अहिले लोकतन्त्रको युग जहाँ पार्टीरुले वैद्यमात्र होइन शासन नै उनीहरुले गरेका छन् भने अब विद्यार्थी संगठनरुको कार्यका प्राथमिकता फेरिनुपर्छ भन्ने एउटा छलफल चल्न थालेको छ। अबको मुख्य कार्यभार शैक्षिक एवं प्राज्ञीक श्रीवृद्धि हुनुपर्छ विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको। शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका क्षेत्र व्यापार बनेको छ। कमाउने उद्योग, कारखाना बनाइएको छ। यसमा लगानीकर्ता प्रत्यक्ष, अप्रत्यक्ष पार्टीका नेताहरु नै छन्। सार्वजनिक विद्यालय यत्रो ठूलो राज्य ठूलो राज्य लगानीका बाबजुद गिर्दै गएको छ भने निजी विद्यालय महँगो बनाई लुटतन्त्र चलाइएको छ, भनिरहनु पर्दैन जहाँका शासक व्यापारी हुन्छन्, जनता कंगाल रहन्छन्। स्थिति यही छ। यस्ता विकृति र विसंगतिले अन्त्य विद्यार्थी आन्दोलनको र्टार्गेट हुनु पर्यो। विद्यार्थीहरु ज्ञान विज्ञानको खोजमा केन्द्रित हुनु पर्यो। यो नै बदलिएको परिभाषा हुनेछ, विद्यार्थी आन्दोलनको छ।
निरासको स्थिति :
अहिलेका विद्यार्थी भोलिका शासक प्रशासक हुन्। यसमा दुर्इमत हुन सक्दैन। आजको हाम्रो मुलुकको राजनीतिक नेतृत्व समग्रमा भ्रष्ट, पंगु र नेपाली राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न नसक्ने प्रमाणित भएको छ। यिनीहरुको ल्याकत, नैतिकता र निष्ठा नेपाली जनताले पारख गरी पनि सकेका छन्। नेपाली जनता अहिले विकल्पहीन छन्। असहाय जस्तै देखिएका पनि छन्। कारण, सबैजसो नेता टेष्टेड हुन् र असफल सावित छन्। यिनीहरु मध्येबाट मात्रै छान्ने सुविधा छ, जनतालाई। मालसामान, आर्थिक सहयोग, विज्ञान र प्रविधि अभाव भयो भने पराई देशसँग सहयोग लिन सकिन्छ, आयात गर्न सकिन्छ तर नेतृत्व कहीबाट आयात गरिने कुरा हुँदैन। यो त राष्ट्रिय उत्पादन नै हुनुपर्छ। त्यसैले, यो स्थिति विस्थापित गर्ने क्षेत्र वा जनताको भविष्यको भरोसा भनेको अहिलेको युवा विद्यार्थी नेतृत्व नै हो।
तर, यक्ष प्रश्न यो छ कि के अहिलेको युवा नेतृत्व जनताको त्यो आकांक्षाको धरोहर काँधमा बोक्न तयार छ – उसले त्यस्तो ल्याकत र लागत राख्न सक्ला – र, व्यवहारबाटै प्रमाणित गरी जनविश्वास लिन सक्ला –
सरसरी आँकलन गर्दा स्थिति पटक्कै आशाप्रद देखिँदैन। युवा विद्यार्थी नेतृत्व पार्टीत मात्रै होइन, पार्टीभत्र पनि निहीत र संकीण्ा स्वार्थ बोकेका नेताहरुको झोला बोकेर हिडिरहेका छन्। आज नेपालमा जुन व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र र नातावाद कृपावादको बाहुल्यता छ, त्यसको मुख्य उद्गमस्थल भनेको राजनीतिक क्षेत्र नै हो। अतः बेथिति र विकृतिको विरुद्धको अभियान यसको उद्गमस्थलबाटै हुनुपर्छ। जब गंगोत्री नै प्रदुषित छ, गंगाको उद्गमस्थल नै फोहोरले भरिएको छ भने त्यसबाट बहने, निसृत हुने धाराहरु सफा गरेर, तल सफा गरेर सफा हुने छैन। भ्रष्टाचारको केन्द्र नै पार्टीका नेताहरु छन्। त्यसैले अहिलेको युवा विद्यार्थीले गर्ने लर्डाई र संघर्ष भनेकै आफ्नै पार्टीभत्रको भ्रष्ट नेतृत्वको विरुद्ध हो। यही काम अहिले हुन सकेको छैन। बरु, सुनिएको र बुझिएको कुरा यही छ कि युवा विद्यार्थी नेतृत्व पनि भ्रष्टाचार र कसिमनको कुलतमा फस्दै आएको छ।
विश्वविद्यालय र महा विश्व विद्यालयहरुमा हुने हड्ताल, तालाबन्दी र तोडफोडका घटना देखाउँदा पनि शैक्षिक क्षेत्रमा केही परीवर्तन को
पक्षधर नदेखिएको पुष्टि हुन्छ।
आशा गरौं :
एउटा यथार्थ तथ्य के हो भने कमलको फूल हिलोमा नै फुलेको हुन्छ। जरा हिलेामा हुन्छ तर कमल भने हिलोभन्दा माथि हुन्छ। हिलोले छुन नसक्ने गरी फुलेको हुन्छ। अहिले हाम्रो सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्र फोहोर छ। अब अति हुँदै गएको छ। र, जनताको असुन्तुष्टिले आक्रोशको रुप लिँदै पनि गएको छ। यसबाट बुझ्न सकिन्छ विद्यमान विकृति र विसंगतिका विरुद्ध एउटा संगठित एवं उद्देश्यमूलक राष्ट्रिय आन्दोलन अपरिहार्य छ। इतिहासका ऐतिहासिक परिघटनाहरुको अविर्भाव भएका छन् यस्तै परिस्थितिमा। परिस्थितिले सद्पात्र जन्माउँछ। पृथ्वीनारायण शाह पनि एउटा ऐतिहासिक विशिष्ट राष्ट्रिय परिस्थितिका उपज थिए भन्ने कुरा हामीले विसर्न हुँदैन। अतःढिलो चाँडो एउटा कल्पनाशील, राष्ट्र र जनताप्रति प्रतिवद्ध, पारदर्शी र सदाचारयुक्त युवा नेतृत्व विकसित हुनेछ भन्ने आशा गनैपर्छ। र, त्यसको उद्भव क्षेत्र भनेको युवा विद्यार्थी नै हुन्। यो मरुस्थल होइन, उर्वर छ।