नेकपा (बहुमत) ले मनायो रुकुम पश्चिममा १३० औं माओ दिवस

News

गमानसिङ घर्ती/रुकुम पश्चिम : रुकुम पश्चिममा माओ दिबस मनाएको छ । सोमवार जिल्लाको सदरमुकाम खलंगामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले कार्यक्रम गरि मनाएको हो । देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) , नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित तीन कम्युनिस्ट पार्टीहरुले संयुक्तरूपमा उक्त दिवस मनाए रुकुम पश्चिममा भने मसाल र क्रान्तिकारी माओवादीको संगठन नभएका कारण नेकपा (बहुमत)ले एकलरुपमा माओ दिवस मनाएको हो ।

कार्यक्रमा केन्द्रिय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज गति , केन्द्रीय सदस्य तथा रुकुम पुर्व इन्चार्ज हिरामणी रावल (मन्जीत) केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मोतिराम खड्का (रिक्स) लगाएतका बक्ताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला पार्टी संयोजक प्रेमप्रशान्त बोहोराको रहेको थियो भने स्वागत मन्तब्य अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सोम्पाल कामीको रहेको थियो । कार्यक्रमक‍ो संचालक भने जिल्ला कमिटी सदस्य डिल्लीराज शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *