तीन पार्टीले मनाए प्युठानमा १३०औं माओ दिवस

News

प्युठान : प्युठानमा तीन कम्युनिस्ट पार्टीहरुले संयुक्तरूपमा माओ दिवस मनाएका छन। सोमबार जिल्ला सदरमुकाममा कार्यक्रम गरि उक्त दिवश मनाएका हुन ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला संय‍ोजक नारायण प्रसाद भण्डारी (नबिन) ले माओ जीवनी, माओले सर्वहारा क्रान्तिका लागि पुर्याएको य‍ोगदान , पार्टीका भाबी कार्यय‍ोजना लगाएका विषयमा लगाएका चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज टिकाराम , नेपाल कम्युनिस्ट पार्टी मसालका जिल्ला सचिव वीर बहादुर ,वक्ताहरुले मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (मसाल)का कृष्ण सुनारले गरेका थिए भने संचालक नेपाल कम्युनिस्ट पार्टी (मसाल)का जिता सुनारको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *