दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) दाङको दोस्रो पुर्ण जिल्ला बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ ।
सम्मेलन पछिको समीक्षात्मक रिपोर्ट सहित विभिन्न शैक्षिक एवम् राजनैतिक विषयमा गहन छलफल गरी महत्वपूर्ण निर्णय गर्दै अखिल (क्रान्तिकारी) दाङले जनाएको छ ।
बैठकमा दाङ जिल्ला पार्टी इन्चार्ज तिलक पुनको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल ( क्रान्तिकारी ) लुम्बिनी ब्यरो इन्चार्ज नवीन खड्का , जवस फ्याक्सन इन्चार्ज मनोज अखिल ( क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज इन्दु लगाएको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता भने निर्मला खड्का (निरु)को रहेको थियो ।