मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) को संयुक्त आयोजनामा पोखरामा १३० औँ माओ दिवस मनाइएको छ । कार्यक्रममा नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गोकुल पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) का केश बहादुर परियार, नेकपा (मशाल) का सागर कुवँर, वामपंथी विचारक पूर्ण ढुङ्गाना बक्ता रहेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी) माओवादीका रामजी थापाले गरेका थिए भने बहुमतका कास्की संयोजक वद्रीले गरेका थिए । यस्तै स्वागत भाषण विक्रम थापाले गरेका थिए । नेकपा (बहुमत) का जिल्ला सयोजक शक्तिले र सञ्चालन जिल्ला सदस्य भक्त माझीले गरेका थिए ।
