सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोकले जिल्लामा रहेका लघुवित्त तथा वितिय संस्थाले गरिब जनतालाई सुलभ सेवा दिने नाममा ऋण प्रवाह गरि चर्को व्याजदर अशुल गरि जनतालाई उठिबास गराउने कार्य गरेको बताएको छ । शनिबार जिल्ला इन्चार्ज विनयराज शर्मा र संयोजक प्रतिकले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
प्रेस विज्ञप्ति भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो स्थापनाकाल देखि जनतन्त्र, जनजीविका,राष्ट्रियता,स्वाधीनताको पक्षमा र समाजमा भएका सबै खाले विकृती,विसङगती,कालोबजारी, भ्रष्टाचार अन्त्यको लागि व्यापक संघर्ष गर्दै आएको कुरा सबै जनसमुदायमा सर्वव्यापी हुदा हुदै पनि सिन्धुपाल्चोक जिल्लामा रहेका लघुवित्त तथा वितिय संस्थाले गरिब जनतालाई सुलभ सेवा दिने नाममा ऋण प्रवाह गरि चर्को व्याजदर अशुल गरि जनतालाई उठिबास गराउने कार्य गरेकोले हाम्रो पार्टीको गम्भिर ध्यान आकर्षण भएको छ । यस्ता क्रियाकलाप बेलैमा नसुधारे पीडित जनताको साथमा हाम्रो पार्टी हुनेछ । हाम्रो पार्टीको विज्ञप्तिलाई आधार मानि त्यस्तो क्रियाकलाप नगर्न आग्रह गरिन्छ । यदि यो आग्रहलाई नमानि मनोमानी गरे पिडित जनताले कारवाही गर्दा स्वयम जवाफदेहि निज आफै हुने छ । यसको नेतृत्व हाम्रो पाटीले गर्ने छ । यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’