नेकपा (बहुमत) मधेस र पूर्वी ब्युरोको संयुक्त पार्टी स्कुलिङ सम्पन्न

News

सिराहा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा मधेस र पूर्वी ब्युरोको संयुक्त पार्टी स्कुलिङ सम्पन्न भएको छ ।

पुस ३ गते सिराहाको धनगढीमा सुरु भएको स्कुलिङ कार्यक्रम बिहीबार सम्पन्न भएको हो । स्कुलिङमा दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सङ्गठनात्मक सिद्धान्तलगायत विषयमा अध्ययन–अध्यापन भएको थियो ।
स्कुलिङ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सचिव प्रवीर थिए । दुई ब्युरोमा कार्यरत पार्टी नवौँ महाधिवेशन आयोजक समिति र ब्युरोका सदस्यहरूलाई पार्टी केन्द्रीय सचिव प्रवीर, पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पूर्वी ब्युरो इन्चार्ज निर्मल, पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य आमोदले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा मधेस र पूर्वी ब्युरोबाट २८ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

स्कुलिङ समापन कार्यक्रमका प्रमुख अतिथि पार्टीका पूर्वी ब्युरो इन्चार्ज निर्मल थिए ।
समापन कार्यक्रममा सहभागीका तर्फबाट मोरङ–सुनसरी इन्चार्ज नरेश, धनुषा इन्चार्ज विमला, युवा जनस्वयम्सेवक नेपालका उपाध्यक्ष अविनाश, पार्टी ब्युरो सदस्य मानबहादुर र वशिष्ठले अनुभूतिमूलक भनाइ राखेका थिए ।
स्कुलिङ समापन कार्यक्रमको अध्यक्षता मधेस ब्युरो इन्चार्ज नयनले गरेका थिए भने सञ्चालन महाधिवेशन आयोजक समितिका सदस्य सागरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *