जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य नेकपा (बहुमत)मा प्रवेश

News Political

सिराहा : जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश ब्युरो सदस्यसहित २ जना नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेश सदस्य बिन्दुकुमार साह र महेन्द्रकुमार साह रहेका छन् ।

पार्टीमा नवप्रवेशीहरूलाई नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा पूर्वी ब्युरो इन्चार्ज निर्मल र केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज नयनले रातो टीका लगाई स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को स्कुलिङ तथा अनुसन्धान विभागद्वारा सिराहामा सञ्चालित स्कुलिङको समापन कार्यक्रमका अवसरमा नवप्रवेशीहरूलाई स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *