नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य 

Economic

काठमाडाैँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।  शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।

नेकपा (बहुमत) सम्बद्द युवा र विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *