काठमाडाैं : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठकी सुपुत्री सुजना श्रेष्ठको १७ बर्षको उमेरमा मिति २०७९ मंसिर १५ गतेका दिन असामयीक निधनभएकोप्रति महासंघले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव सागर अर्यालले मंसिर २३ गते बिहीबार श्रद्धाञ्जलीे तथा समवेदना दिएका हुन् ।
उनले जारी गरिएको श्रद्धाञ्जलीे तथा समवेदना वक्तव्यमा भनिएको छ, ‘अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष क. हरि श्रेष्ठकी प्रीय सुपुत्री सुजना श्रेष्ठ को १७ बर्षको उमेरमा मिति २०७९ मंसिर १५ गतेका दिन असामयीक निधनको खवरले हामी स्तब्ध भएका छौं । दुःखको यस घडीमा स्व. सुजना छोरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजन, ईष्टमित्र तथा शुभचिन्तकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस भनि हार्दिक समवेदना व्यक्त गर्दछौं ।’