दाङमा नेकपा (बहुमत)काे संसदीय निर्वाचन विरुद्ध प्रदर्शन

News

दाङ : दाङमा मतदान चलिरहदा मतदान केन्द्र नजिकै नेकपा(बहुमत)ले निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ । नेकपा(बहुमत)दाङले उक्त प्रदर्शन दाङकाे क्षेत्रीय बजार साविक राप्ती अंचल सदरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घाेराहिमा रहेकाे मतदान केन्द्र नजिकै प्रदर्शन गरेको छ ।

संसदीय निर्वाचनकाे मतदानलाई अवज्ञा गर्न आव्हान गर्दै दाङको क्षेत्रीय शहर तुलसीपुर र जिल्ला सदरमुकाम घाेराहि मै अवज्ञा सभा गरेको छ । नेकपा(बहुमत) दाङले अवज्ञा र्यालि सहित प्रदर्शन गर्दै कोणसभा गरेको छ ।

उक्त कोण सभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी(बहुमत) दाङका संयाेजक विरेन्द्र विकले वर्तमान पुँजीवादि संसदीय व्यवस्थाकाे निर्वाचनले दलालहरुलाई लुटिखाने वैधानिक लाईसेन्स मात्र दिने भएकोले अवज्ञा गरि बैज्ञानिक समाजवादि व्यवस्थाका लागि अघि बढ्न समेत अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *