मङ्सिर चार आउनलाछ
हल्ला खल्ला बढिराछ
घाटिभरी मालाहाली
गाउँ ,गल्ली ,चोक धाछ
लाज कतै छैन
इज्जत भाको होइन
सचेत हुनु गाउले हो !
निर्दोष हातहरुले
गल्ती अब नगरौ
नो भोट नो नोट
भन्नै पर्छ
कालो कर्कुत लुकाउन
सेतो मुकुन्डो लगाएका
देशद्रोहीहरुलाइ भोट दिइ
मलजल अब नथपौ
रास्ट्रघातीहरुलाइ जरैबाट उखेल्नु छ
अबफेरी नरोपौ
फुल बन्दै आउछ्न
काडाबनी घोच्छन
सधै हामी अन्धो बने
इनिले कहिले सोच्छ्न
निर्दोष हातहरुले
गल्ती अब नगरौ
नो भोट नो नोट
भन्नै पर्छ सबैले
चिल्लो कुरा मीठो भासण
लठ्ठ हामी नपरौ
कतिपटक ठगिऔ
धोका माथी धोका
पटक पटक भोट दिएऔ
परिणाममा के पाएऔ
उद्योग धन्दा बन्द गरे
नदिनाला बेची खाए
सरकारका सम्पत्ति
भागबन्डा लाए
देश बेची खानलाइ
एम सि सि भित्राए
बलात्कारि लुकाउछ्न
अपराधीलाई फुकाउछ्न
युवासक्ति परदेश पठाइ
आफ्नो देश सुकाउछ्न
रिणमाथी रिणथप्दै
देश यिनले डुबाउछ्न
भ्रष्टाचार र महङ्गिले
थिच्नु सम्म थिच्यो
स्वास्थ ,शिक्षा निजीकरण
बेरोजगारी बढयो
श्रमिकहरु पछि पर्यो
दलालहरु अगि बढयो
फेरि पनि भोट दिई
गल्ती अब नदोहोर्याउ
नो भोट नो नोट
भन्नै पर्छ नडराऔ
मङ्सिर चार चुनावलाई
शून्य गराऔ !
बैज्ञानिक समाजबाद
ल्याउनु पर्छ देशमा
लुटेरा र ठ्गि धन्दा तहलगाउदै
आफ्नै देश आफ्नै भेश
आफ्नै माटोमा श्रम गरि बाच्नु पर्छ
पसिना बगाउदै
नो भोट नो नोट
भन्नै पर्छ नडराइ ।
२८ कार्तिक २०७९