नवलपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले कर छली र मजदुरहरुलाई शोषण गरेको भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया विनोद चौधरीलाई कारबाही स्वरुप कालो ब्यानर टाँसेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले चौधरी ग्रुपको मालिक विनोद चौधरीलाई मंसिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौँ भन्दै नवलपरासीको सिजी कार्यालयमा मंगलबार कालो ब्यानर टाँसेको हो ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले जारी गरेको ‘नो भोट’ शीर्षकको ब्यानरमा लेखिएको छ :
१. स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया
२. कर छली गरेको र
३. मजदुरको शोषण गरेको विनोद चौधरीलाई मंसिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौँ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले स्वास्थ्य र शिक्षाको माफिया, कर छली र मजदुरलाई शोषण गर्ने भ्रष्टहरूविरुद्ध कारबाही अभियान सुरु भएको र समस्या समाधान नभएसम्म जारी रहने पनि जनाएको छ ।