विप्लव नेकपाबाट दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

News

उदयपुर : उदयपुरमा पनि विप्लव समूह रित्तिँदै गएको छ । हालै मात्र उक्त समूह परित्याग गरी जिल्ला सम्मेलनबाट निर्वाचित दुईजना जिल्ला सदस्यसहित दुई दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी बहुमतमा समाहित भएका छन् ।

नवआगन्तुकहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार समितिका सदस्य जटिल बा, दनुवार राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक मानबहादुर दनुवार, जिल्ला सल्लाहकार समितिका संयोजक उमेश बालगायतले विप्लव समूह संसदीय संशोधनवादमा पतन भइसकेकाले उक्त समूह परित्याग गरी नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम बढिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *