युवा जनस्वयंसेवक नेपाल, कास्कीको अध्यक्षमा लोकेन्द्र राईसहित ३३ सदस्यीय समिति निर्वाचित

News

रमाकान्त बास्ताेला/पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयंसेवक नेपाल, कास्की जिल्लाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

पोखरामा आयोजित युवा जनस्वयंसेवक नेपाल, कास्कीको चौथो जिल्ला सम्मेलनले लोकेन्द्र राई अध्यक्ष रहनेगरी ३३ सदस्यीय युवा जनस्वयंसेवक कास्की जिल्ला समिति चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा युवा जनस्वयंसेवक नेपालका अध्यक्ष हरिस भट्टले सत्ता संकटको समाधानका लागी क्रान्तिका अग्रदस्ता, बिद्रोहका अग्रदस्ता, जेल मोर्चाका अग्रदस्ताको रुपमा रहेको तथा माओवादी आन्दोलनको बिरासत बोकेको संगठन युवा जनस्वयंसेवक नेपालले त्यसको समाधानको बाटो कोर्ने बताउनु भयो । यस्तै सम्मेलन कार्यक्रममा कास्की तथा स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुलीले प्रजातन्त्र, लोकतन्त्र, र आज गणतन्त्र सम्म आईपुग्दा परीवर्तनको हिमायति युवाहरु रहेको औल्याउँदै नेपालमा अझै सम्म नेपाली जनताको सत्ता नआएको जिकिर गर्नुभयो यस्तै उहाँले सहिद, वेपत्ताको सपना साकार नपारेसम्म , नेपाली नागरीकको सत्ता नल्याउदासम्म, उत्पीडित बर्ग, श्रमिकहरुको सत्ता नल्याउदासम्म आफुहरुले बाटो नबिर्याउने बताउनुभयो भने नेपाली जनताको सत्ता बैज्ञानिक समाजवादी सत्ता रहेको भन्दै पराजुलीले त्यसका लागी युवाहरु संगठित भई लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनेरास्ववियु ( क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले दलाल्हरुका बिरुद्द, लघुबित्तिय शोषणका बिरुद्द, आजको सम्मेलनले निर्वाचित गरेको टिमले सबैखाले अखडालाई ध्वस्त पार्न साथै भ्रष्टाचारी, बलत्कारीको सातो जाने काम गर्दै अगाडी बडोस भन्दै शुभकामना दिनुभएको थियो । शुभकामना मन्तव्यकै क्रममा नेकपा ( बहुमत ) तनहुँ र लमजुङ जिल्ला इन्चार्ज सुजनले ब्यथितिका बिरुद्द लड्न र बैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडी बढाउन एउटा महत्त्वपूर्ण भुमिका निर्वाह गरोस् भन्दै शुभकामना ब्यत्त गर्नुभएको थियो ।

कार्यक्रममै नेकपा ( बहुमत ) कास्की जिल्ला संयोजक बद्री अधिकारीले कास्की जिल्ला भरी रहेका तमाम युवाहरुको नेतृत्व गर्दै जिल्लामा युवा माथि भएको शोषण, दमनका बिरुद्द आन्दोलन गर्दै भण्डाफोर गर्ने समिति चयनको शुभकामना दिदै अधिकारीले आबश्यक परेमा गुण्डाहरुको खुट्टा भाच्न समेत पछि नपर्ने युवा दस्ता पछि नहट्न भन्दै त्यसको जिम्मेवारी पार्टीले लिने समेत बताउनुभयो ।

युवा जनस्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा ( बहुमत ) का नवौं महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की र स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुली, तनहुँ र लमजुङ जिल्ला इन्चार्ज सुजन बिश्वकर्मा, कास्की जिल्ला संयोजक बद्री अधिकारी, युवा जनस्वयंसेवक गण्डक ब्युरो संयोजक प्रमोद सिह, अनेरास्ववियु ( क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष मिलन राई, अनेरास्ववियु ( क्रान्तिकारी ) कै केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाह, अनेरास्ववियु ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज हरी बिस्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव सागर अर्याल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम युवा जनस्वयंसेवक नेपाल, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका अध्यक्ष सुर्य परीयारले संचालन गर्नुभएको थियो ।

सम्मेलनको बन्दसत्र बाट ३३ सद्स्यिय समिति पारीत गर्दै प्रथम बैठक पश्चात लोकेन्द्र राइ अध्यक्ष, उपाध्यक्ष निश्चल जिसि, सचिवमा बिनोद सुनार, सह- सचिवमा सन्तोष बिक र सुलभ तिमिल्सिना साथै कोषाध्यक्षमा सुर्य परीयार रहेका छन् ।

कार्यक्रममा चुनु शिल्पा सास्कृतिक परीवार साथै माछापुच्छ्रे गाउँपालिकाका बाजा समुहको समेत बेजोड प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *