राजनीतिक अवस्था खराब भएकाले जनताले सास्ती भोग्नु परिरहेको छ:इन्चार्ज नयन,मधेस प्रदेशब्युरो 

News

युवा जनस्वयम्सेवक सर्लाहीको संयोजकमा भरत पुलामी

सर्लाही : युवा जनस्वयम्सेवक नेपाल सर्लाहीको प्रथम जिल्ला भेलाले भरत पुलामीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ले देशको राजनीतिक अवस्था खराब भएकाले जनताले निक्कै सास्ती भोग्नु परिरहेको र युवाहरूले खराब राजनीतिलाई विचार र सङ्घर्षको माध्यमबाट अपरेसन गरी ठीक पार्नुपर्ने बताए ।

जनताले सही राजनीति नबुझेसम्म देश र जनताको दुर्दशा बढिरहने भन्दै उनले महँगी, भ्रष्टाचार, कालोबजारी, मलखादको अभाव, सुकुमबासीले लालपुर्जाविहीन भएर र युवाहरूले बेरोजगार रहिरहनुपर्ने अवस्था अन्त्य गर्न सम्पूर्ण युवाशक्ति दलाल पुँजीवादका विरुद्ध आन्दोलित हुनुपर्ने बताए ।

नयनले जिल्लाका सबै स्थानीय तहबाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षकलाई प्रशिक्षण पनि दिएका थिए ।

युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाशले प्रशिक्षणात्मक मन्तव्यसहित सङ्गठनका बारेमा प्रस्ट पारेका थिए । अविनाशले सङ्गठित युवाहरूले अब विद्यमान बेथिति, भ्रष्टाचार, मिटरब्याजी र देश बेचुवाहरूलाई चिनेर ठेगान लगाउनुपर्ने बताए ।

भेलामा पार्टीको नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, नवौँ महाधिवेशन आयोजक समिति सदस्य सुमन, महान् सहिद परिवारबाट सानु पौडेल, अर्जुन, सर्लाही जिल्ला संयोजक बिहानी, ब्युरो सदस्य दीपक, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी मधेस प्रदेश ब्युरो इन्चार्ज किसुनदेव, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य वीरसिंह, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य दृष्टि, अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ सर्लाहीका संयोजक इन्द्रमानलगायत उपस्थित थिए । भेलाको अध्यक्षता भरत पुलामीले गरेका थिए ।

भेला सफलताको शुभकामना दिँदै महिला सङ्गठनकी दृष्टि, किसान सङ्गठनका किसुनदेव, सहिद परिवारका तर्फबाट महान् सहिद कुमार पौडेलको दिदी सानु पौडेलले निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *