टोखा नगरपालिकाले जारी गर्याे सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना

Social

काठमाडौं : टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई खाली गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ । भदौ ९ गतेको नगर कार्यपालिकाको बैठकको यहि निर्णयअनुसार उक्त सूचना निकालेको हो।

३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ । ३५ दिनभित्र खाली नगरे नगरपालिकाले नगरपालिकाको कानुनअनुसार अघि बढ्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकद्धारा जारी सुचनामा जनाइएको छ ।

टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङले टोखाको सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *