नेकपा (बहुमत)काे नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तामाङ ६ दिनपछी रिहा

News

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङ ६ दिनपछी रिहाइ भएकाछन । उनी भाद्र ११ गते गिरफ्तार भएका थिए । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ हजार धरौटी बुझेर रिहा गरेको अधिवक्ता गोवर्धन नाथ ‘गौरव’ ले जानकारी दिएकाछन ।
राजिव गिरफ्तार भएपछी अबिलम्ब बिनासर्त रिहा गर्दै पार्टी प्रवक्ता सुदर्शनले बिज्ञपति जारी गरेका थिए । पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा देशव्यापी रूपमा ‘राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान’ सञ्चालन गरिरहेको र अभियानमा जनसेवा, जनसंवाद, अन्तरक्रिया, जनसभा, भित्तेलेखन, पर्चा वितरणलगायत कार्यहरूमार्फत राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विषयहरूमा पार्टीको नीतिलाई जनसमक्ष प्रकाश पार्ने कार्यक्रम गरिरहेको अवस्थामा शुक्रबार पार्टी नेता राजीवलाई बिनाकारण गिरफ्तार गरिएकोमा निन्दा गर्दै प्रवक्ता सुदर्शनले बिनासर्त रिहा गर्न माग गरेका थिए ।

प्रवक्ता सुदर्शनद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको थियो, ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको सर्वविदितै छ । अभियानअन्तर्गत जनसेवा, जनसंवाद, अन्तरक्रिया, जनसभा, भित्तेलेखन, पर्चा वितरणलगायत कार्यहरूमार्फत राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विषयहरूमा पार्टीको नीतिलाई जनसमक्ष प्रकाश पार्ने कार्यक्रमहरू भइरहेका छन् । यो अभियानलाई देशभक्त, जनपक्षीय तथा क्रान्तिकारी तप्काबाट सहयोग, सद्भाव र सुझावहरू प्राप्त भइरहेका छन् । यसै सिलसिलामा हाम्रो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य कमरेड राजीव तामाङलाई शुक्रबार साँझ साढे ५ बजे प्रहरीले गिरफ्तार गरेको छ । अभियानको कार्यक्रममा खटिइरहनुभएका कमरेडलाई बिनाकारण गरिएको गिरफ्तारीप्रति पार्टी घोर निन्दा प्रकट गर्दछ र उहाँको बिनासर्त शीघ्र रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

Leave a Reply

Your email address will not be published.