नेकपा (बहुमत) को नवलपुर र नवलपरासीमा जनजागरण अभियान उद्घाटन

News

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर र नवलपरासीको संयुक्त अभियान उद्घाटन भएको छ ।

अभियान उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सल्लाहकार समिति सदस्य विश्वासले विद्यमान नवऔपवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरी स्वाधीन सरकार निर्माण गरिने बताए । उनले शान्ति र समृद्धिका लागि अहिलेको अस्थिर सरकार मात्र नभएर संसदीय व्यवस्थाकै अन्त्य गरेर मात्र स्थायी शान्ति प्राप्त सकिने धारणा पनि राखे ।

अभियानमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बन्दना, नवलपरासी इन्चार्ज शीतल, युवा जनस्वयम्सेवककी केन्द्रीय सचिवालय सदस्य रोशनीलगायतको आतिथ्य रहेको थियो भने अभियान उद्घाटन कार्यक्रमको सञ्चालन विशालले गरेका थिए ।

यसैगरी अभियानकै क्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बन्दनाको नेतृत्वमा नवलपुरको कावासोती लगायत विभिन्न ठाउँमा मार्च पास्ट, कोणसभा र भित्तेलेखन गरिएको समाचारमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *