गमानसिंह घर्ती/दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघ दाङ जिल्लाको संयुक्त जिल्ला सम्मेलन शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ ।
केन्द्रीय पार्टी सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज प्रमुख अतिथी सारदुलले दलाल पुँजीबादी ब्यबस्थाले देश चरम आर्थीक संकटमा गुज्रिरहेको अबस्थामा दलाल पुँजीबादी संसदीय ब्यबस्थालाई मिल्कायर बैज्ञानिक राज्यसत्ता स्थापना गर्नु पर्ने बताए ।
बैज्ञानिक राज्य सत्तास्थापना गर्न युवा र मजदुरको बिशेष भुमिका बताउदै एकजुट भएर दलाल सत्ताका बिरुद्व युवा र मजदुरले निर्मम संघर्ष गर्नु पर्ने बताए ।
युवा जनस्वयमसेवक नेपालका केन्द्रीय संयोजक तथा कार्यक्रमका विशेष अतिथी हरिश भट्टले भष्टाचार, महंगी दिन प्रतिदिन मौलाई रहेकाले त्यस बिरुद्व युवा जनस्वयमसेबक नेपालले निर्मम संघर्ष गर्ने बताए । दलाल , भष्टाचार ,घुसखोरीहरुलाई नै अहिलेको दलाल राज्यसत्ताले संरक्षण गरिरहेको बताउदै सचेत युवाहरु एकजुट भएर कारबाही गरिने बताए । अधिकांस युवाहरु बिदेशीनुमा संसदीय ब्यवस्था भित्रको दलाल सरकार जिम्मेवार रहेको बताउदै नेपाली युवाहरु एकजुट भएर आबश्यक पहलकदमी लिदै यसको बिकल्पमा बैज्ञानिक राज्यसत्ता स्थापना गर्नु पर्ने बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक तथा कार्यक्रमका विशेष अतिथी बिनोद थापाले मजदुरहरुको श्रम सोसन गरेर पुँजीपति बर्गहरु झनै पुँजीपति हुँदै गईहेका र काम गर्ने श्रमीक बर्ग झनै न्युनतम आफ्ना समस्याहरु परिपुर्ति गर्न नसक्ने अबस्थामा पुगेको अबस्थामा दलला संसदिय ब्यबस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजबादी राज्यसत्ता स्थापना गर्नु पर्ने बताए । अझै पनि मजदुरहरुलाई दिनको १५/१६ घण्टा न्युनज्यालामा श्रमशोषण गरेर दलालहरु मोटाइरहेको बताए । काम अनुसारको दाम र दाम अनुसारको काम अझै पनि मजदुरले नपाएको अबस्थामा आफ्नो अधिकारका लागि मजदुरहरु एकजुट भएर दलाल पुँजीपति बर्गहरुका बिरुद्व संघर्ष गरिने बताए ।
शुक्रबार तुलसिपुरमा भएको सम्मेलनबाट अजयको अध्यक्षतामा ७७ सदस्यीय युवा जनस्वयमसेवक दाङ जिल्ला समिति चयन गठन गरिएको छ । त्यस्तै अखिल नेपाल क्रान्तिकारी महासंघमा भने प्रेम परियारको अध्यक्षतामा १७ सदस्यीय दाङ जिल्ला कार्यसमिति चयन गरिएको छ ।
सम्मेलनमा केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज सारदुल, युवा जनस्वयमसेबक केन्द्रीय संयोजक हरिश भट्ट , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ संयोजक बिनोद थापा , दाङ जिल्ला पार्टी इन्चार्ज तिलक , युवा जनस्वयमसेबक केन्द्रीय उपाध्यक्ष बिरेन्द्र, युवा जनस्वयमसेवक लुम्विनी ब्यरो इन्चार्ज चिराग लगाएतको उपस्थीति रहेको थियो भने कार्यक्रमको संन्चालन सजकले गरेका थिए ।