माधव नेपालकाे नेकपा एस निकट अनेरास्ववियुका उच्च नेता रोकाय नेकपा (बहुमत)मा प्रवेश

Education
काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक काठमाडौँमा शुक्रबार सुरु भएको छ । बैठककै क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु स्थायी समिति सदस्य गणेश रोकाय अखिल क्रान्तिकारीमा ध्रुवीकृत भएका छन् ।नवप्रवेशी रोकायलाई नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंह, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र सङ्गठनका पदाधिकारीले माला र अबिर लगाएर सङ्गठनमा स्वागत गरेका थिए ।बैठक अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईको अध्यक्षता तथा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु भएको हो ।बैठकमा मुलुकको शैक्षिक विकृति, विसङ्गति, अराजकताका साथै समसामयिक शैक्षिक–राजनीतिक विषयमा छलफल सुरु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.