माछापुच्छ्रे गाउँपालिकामा नेकपा (बहुमत)को प्रथम भेला

News

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) माछापुच्छ्रे गाउँपालिका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले भिमसेन परियारको नेतृत्वमा १३ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा भएको भेला भिमसेन परियारको अध्यक्षतामा प्रमुख अतिथि नेकपा (बहुमत) गण्डक ब्युरो इन्चार्ज रुपेशको उपस्थितिमा भएको थियो । यस्तै भेलामा कास्की जिल्ला इन्चार्ज गोकुल पराजुली र जिल्ला संयोजक बद्री अधिकारीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा (बहुमत) महाधिवेशन समिति सदस्य एवम् गण्डक इन्चार्ज रुपेशले पार्टीको कार्यदिशा, कार्यनीति प्रष्ट पार्दै उनले दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्नेमा जोड दिएका थिए भने कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले आफ्नो मन्तव्य राख्दै लोकतन्त्र भनेको भोट हाल्नु मात्र नभएको बताए । अहिले राज्यले जनताको अधिकार मतदान मात्र रहेको सुचित गरेको छ, त्यो सरासर गलत रहेको उनले उल्लेख गरे ।

यस्तै माछापुच्छ्रे गाउँपालिका कमिटी भेलाले सुर्य परियारको नेतृत्वमा १७ सदस्यीय युवा जनस्वयंसेवक, नेपाल माछापुच्छ्रे गाउँपालिका कमिटी चयन गरेको छ । उक्त भेलामै अखिल नेपाल महिला सङ्गठन माछापुच्छ्रे गाउँपालिका समिति समेत चयन गरेको छ । अखिल नेपाल महिला सङ्गठन माछापुच्छ्रे गाउँपालिका देवी बिक अध्यक्ष रहने गरी ७ सदस्यीय समिति निर्माण गरेको छ, भने राष्ट्रिय दलित मुक्ति मोर्चा अन्तर्गत टेकबहादुर बिकको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समितिसमेत निर्माण गरेको छ ।

उक्त कार्यक्रममा साँङ्गितिक प्रस्तुति समेत रहेको थियो । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा अभियान सदस्य निसानद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य सुर्य परियारले राखेका थिए भने अखिल नेपाल महिला सङ्गठन कास्कीका अध्यक्ष लक्ष्मी खड्का, राष्ट्रिय दलित मुक्ति मोर्चाका कास्की जिल्ला संयोजक बिजय बिक साथै युवा जनस्वयंसेवक कास्कीका संयोजक लोकेन्द्र राईले शुभ–कामना मन्तव्य राखेका थिए ।

यस्तै भेलाबाट चयन भएका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूलाई नेकपा (बहुमत) कास्की जिल्ला सदस्य एवम् पोखरा महानगर इन्चार्ज रबिन्द्र राईले बधाई मन्तव्य दिँदै गाउँपालिकालाई लाल किल्ला बनाउन जोड दिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *