दार्चुला गोकुलेश्वरमा नेकपा (बहुमत)काे कोणसभा 

News

गोकुलेश्वर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाको राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुल बजारमा कोणसभा सम्पन्न भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रकाश थापाले यो दलाल संसदीय व्यवस्थाले जनतामाथि ब्रह्मलुट मच्चाइरहेकोले यो व्यवस्थाको अन्त्य अनिवार्य देखिएको हुदाँ सम्पूर्ण आम जनसमुदायहरू जागरुक भै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति लाग्नुपर्ने बताए । अर्को सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकारको नाममा जनतालाई विकास दिनुको सत्ता विस्थापित गरिरहेको हुँदा डटेर प्रतिवाद गर्ने उद्घोष गरे ।

सो कोणसभामा सम्बोधन गर्दै बझाङ जिल्ला कार्यालय सचिव कृष्णबहादुर सिंहले गाउँघरमा व्यापक भ्रष्टाचार र विकृति र विसङ्गति मच्चाइरहेको हुँदा तुरुन्त रोक्नुपर्ने र यदि नसच्याएमा जनकारवाही गर्ने बताए । साथै सोही नगरपालिकाको वडा नं. ५ बगौरामा पनि कोणसभा सम्पन्न भएको छ भने कोणसभाको सञ्चालन जिल्ला संयोजक विजय लेखकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *