अखिल नेपाल महिला संगठन रुपन्देहीको आठौं जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा पुजा खरेल निर्वाचित

News

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अखिल नेपाल महिला संगठन रुपन्देहीको आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुजा खरेलकाे नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा माया सुवेदी,सचिव मिना पाैडेल,काेषाध्यक्ष भागिरथि थारु चयन भएको छ । उक्त आठौं जिल्ला सम्मेलन उद्धघाटन गर्दै अन्जना तामाङले महिलाहरुलाई चारवटा अधिकार प्राप्तिका लागि लड्नु पर्ने बताएकी छन् । उनीले १) राज्य माथिकाे अधिकार,२) श्रम माथिको अधिकार,३) शरीर माथिको अधिकार,४) सम्पत्ति माथिकाे अधिकार बारेमा अाफुहरु निरन्तर लड्ने समेत बताएकी छन् । साथै तामाङले यी चार अधिकार प्राप्त गरेपछि बल्ल महिला अधिकार निश्चित हुने बताएकी छन् ।

कार्यक्रमका विशेष अतिथि नेकपा(बहुमत) जिल्ला ईन्चार्ज प्रवेश,नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सदस्य शेरमान,नेपाल कम्युनिस्ट पार्टी(कपिलवस्तु) जिल्ला संयाेजक संघर्ष,केन्द्रीय सदस्य मिलन,पाल्पा जिल्ला संयाेजक,रुपन्देही जिल्ला संयाेजक सुनिल,ब्युरो सदस्य संन्जिव कुमार,युवा जनस्वयम् सेवकका पाल्पा माेहन निवाङ,अखिल नेपाल महिला संगठन नेपाल कि केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समिति ईन्चार्ज रन्जिता थापा,युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य बालेन,जिल्ला कानुन तथा न्याय विभाग खाेमा,सहिद परिवार मिना पाैडेल तथा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) रुपन्देही देवदह नगरपालिका ईन्चार्ज दिपक लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियो भने प्यानल प्रस्ताव रन्जिता थापाले गर्नु भएको थियो ।

कार्यक्रमकाे अध्यता पुजा खरेल गर्नु भएको थियोे भने संचालन अखिल नेपाल महिला संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज बिमा भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.