सर्लाही : नेकपा(बहुमत)मधेस प्रदेश ब्युरोको आयोजनामा पार्टी केन्द्रिय नीति अन्तरगतका २ महिने राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान भदाै २ गते सहिद राम वृक्ष यादवको २८औं स्मृति दिवसको अवसर पारेर उदघाटन गर्दै निरन्तर मदेश प्रदेशका जिल्लाहरुमा निरन्तर चलिरहेको छ ।
भदाै ८ गते सर्लाही जिल्ला प्रवेश गर्दै गर्दा महान सहिद कुमार पौडेलको गाउँ प्रबेशमा रहेको अभियान टिमलाई सहिद परिवारको तर्फबाट कुमार पौडेलको श्रदेय बुबा खिलक राज पौडेल आमा दुर्गा देबि पौडेलले खदा र अबिर लगाएर सर्लाही जिल्लामा स्वागत गरिएको थियो ।
अभियानमा उपस्थित नेताहरुमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज तथा टिम प्रमुख नयनले सहिद परिवार को स्वागत पछि केही महत्त्वपूर्ण भनाई राखेका थिए ।
पुँजीवादी दलाल सत्ता र सर्लाहीका दलालहरु सुदखोर, कमिसनखोर,भ्रष्टाचारीहरुको मिलेमत्तोमा देश भक्ती, क्रान्तिकारी,सुकुम्बासीको नेता कुमार पौडेलको निर्मम तरिकाले हत्या गरिएको बताए। हत्याराहरुलाई कारबाही नहुदा सम्म र कुमार पौडेलले न्याय नपाउदा सम्म आफुहरुले निरन्तर संघर्स जारी राख्ने समेत उद्घाेष गरे । यहीँ सर्लाहीको सुकुम्बासी जनता साच्चिकै एक ढिक्का भएको दिन कुमार पौडेलको हत्याराहरु अनिवार्य धन्डित हुने बताए। सर्लाही जिल्लामा सुकुम्बासी बसोबास गराउन कुमार पौडेलकै बलिदानको कारण सफल भएको समेत बताए।
अहिले कुमार पौडेल नहुदा धेरै सुकुम्बासीहरु उत्पीडनमा परेको अहिले जितेका केही जनप्रतिनिधिहरुले निस्पक्ष जनताको पक्षमा काम नगरेको र विभेदकारी हिसाबले व्यबहार गरिरहेको उनीहरुलाई भोट नहालेको आरोप लगाउदै धेरै सुकुम्बासीहरुको अहिले पनि जमिन अनि घडेरी खोसेर उनीहरुको कार्यकर्ता वा भोटरहरुलाई बितरण गराई पीडितहरूकाे भनाई रहेको आरोप लगाए।
अभियानमा उपस्थित नेताहरुमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज नयन, नवौं महाधिवेशन आयोजक समिति सदस्यहरुमा निर्माण, बाबू ,सुमन, ईमान, विमलाको उपस्थिति रहेको थियो ।
त्यसैगरी जिल्ला संयोजकहरु बिहानी, नवीन, दिपक, अर्जुन, अखिल नेपाल महिला संगठनका केन्द्रीय कोषाअध्यक्ष सन्जु, महिला संगठनका केन्द्रीय सदस्य दृष्टि, अखिल नेपाल महिला संगठनका महोत्तरी जिल्ला संयोजक गिता खड्का, धनुषा जिल्ला संयोजक बुधनी देवि सदा,पुनम महरा,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज किसुनदेब, युवा जनस्वयम् नेपालका केन्द्रीय सचिवालय सदस्य भरत, युवा जनस्वयम सेवक नेपाल केन्द्रीय सदस्य तथा रौतहट, बारा जिल्ला इन्चार्ज सुबलाल कुशवाहा, सर्लाही जिल्ला सचिवालय सदस्य ठगाराम, मदन महतो, भरत पुलामी, इन्द्रमान लामा, रामन्द महतो, दिनेश महरा, सुव नारायण महतो,क.नरेश साह,क.राजकिशोर महतो लगायत उपस्थिति रहेको थियो । स्वागत पछिको कार्यक्रम संचालन सर्लाही जिल्ला इन्चार्ज निर्माणले गरेका थिए।
अभियान टिमले मार्च पास, कोणसभा, अन्तरक्रिया,संसदीय प्रणालीको भन्डाफोर, वाल पेन्टिङ,जनसभा लगायतको कार्यक्रमको तयारी रहेको जानकारी सर्लाहीका पार्टीको जिल्ला संयोजक बिहानीले दिए ।