कार्यक्रममा जिल्ला संयोजक अन्जानले दलाल पुँजीवादी व्यवस्थाले जनतालाई महँगी, भ्रष्टाचार र बेथिति मात्रै दिएकाले यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । उनले त्यसका लागि प्रत्यक्ष कार्यकारी प्रमुख जनताले चुन्न पाउनुपर्ने पनि प्रस्ट पारे ।
जनतन्त्र र जनजीविकाका विषयमा जनताले अधिकार प्राप्त गर्न दलालहरूसँग लड्नुपर्ने अन्जानको भनाइ थियो ।
कार्यक्रम शैलुङ गाउँपालिका इन्चार्ज सुरजको अध्यक्षता, जिल्ला संयोजक अन्जानको प्रमुख आतिथ्य र विशालको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभियान उद्घाटनकै क्रममा रामकृष्ण विकको संयोजकत्वमा नेकपा (बहुमत) को ७ सदस्यीय वडा समिति गठन भएको जनाइएको छ ।