मिटरब्याजीहरुलाई सरकारले कारबाही नगरे हामी कारबाही गर्छौं : नेता चलाउने

News

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता उदयबहादुर चलाउनेले विदेशबाट नेपाली युवाहरुले पठाएको पैसामा सिंहदरबारमा बस्नेहरुले भ्रष्टाचार गरिहेको आरोप लगाएका छन् ।

उनले सिंहदरबारमा बस्नेहरुलाई स्यालहरुको संज्ञा पनि दिए । सो पार्टी र उसका जनवर्गीय संगठनहरूले आज गरेको राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन कार्यक्रममा बोल्दै चलाउनेले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौंको माछापोखरीबाट सुरु भएको र्याली नयाँ बसपार्कस्थित बिजिमलमा पुगेर सभामा परिणत भएको थियो । सरकारप्रति निकै कडारुपमा पेश भएका चलाउनेले काठमाडौंको फोहोरमा राजनीतिक नगर्न चेतावनी दिँदै ‘तिमीहरु सिंहदरबारमा बसेर राजनीतिका गफ दिने तर जनता भने फोहोरमा बस्नुपर्ने ?’ भन्दै उनले फोहोरको समस्या तत्काल हल गर्न सरकारलाई चेतावनी दिए ।

चलाउनेले गाउँपालिका, नगरपालिकाहरुमा र शिक्षा लगायतका क्षेहरुत्रमा भएको भ्रष्टाचारले सिमा नाघेको भन्दै जनताले चुनेर पठाएका नेताहरू पनि भ्रष्टाचार गर्नमा ब्यस्त रहेको उनले दावी गरे ।

उनले आफ्नो पार्टीले चलाएको राष्ट्रिय जागरण अभियानबाट भ्रष्टाचारीहरुलाई खबरदारी गर्ने र अन्तिम अवस्था आएमा कारवाही समेत गर्ने चेतावनी दिए ।

नेता चलाउनेले नेपालमा विदेशीको दलाली गरेर खाने संसदीय सत्ताको कमजोरीका कारण यस्तो भ्रष्टाचार हुने गरेको पनि बताए । साथै सो अवसरमा उनले आफ्नो पार्टीले विदेशीको इसारामा चल्ने सरकारलाई हटाएर स्वाधीन सरकार बनाउन पर्ने माग उठाएको बताए । उनले यस्तै अवस्था रहने हो भने नेपाल श्रीलंकाको अवस्थामा पुग्ने बताए ।

नेता चलाउनेले नेपाली जनताको ढाड सेक्नेगरी महङ्गो ब्याज असुल्ने वित्तीय संस्थाका सञ्चालकहरुलाई सरकारले सुरक्षा गरेर राखेको आरोप पनि लगाए । उनले मिटरब्याजीहरुलाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले तिनलाई कारवाही गरेर पीडितलाई न्याय दिने बताए ।

Leave a Reply

Your email address will not be published.