२ महिने राष्ट्रिय जागरण तथा संगठन अभियान उदघाटन
मधेस प्रदेश ब्युरो : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान सहिद रामवृक्ष यादवको २८ औं स्मृति दिवश मनाउदै २ महिने राष्ट्रिय जागरण तथा संगठन अभियान उद्घाटन गरेको छ । कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन रहेको थियो भने अतिथिहरुमा नवौं महाधिवेशन आयोजक समिति सदस्यहरु सुमन, इमान, निर्माण, बिमलालगायत जिल्ला संयोजकहरुमा बिहानी, नवीन, अर्जुन, दिपकको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै मदेशबाट अब फेरि रामवृक्ष यादव जस्तो जन्मिनु आवश्यक रहेको बताए । रामवृक्ष यादव जस्तो क्रान्तिकारीहरुको खोजिमा आफुहरु रहेको खोजिकै स्वरुप मदेश जागरण अभियान लिएर जनताको माजमा नेकपा (बहुमत) गाउँ प्रवेश गरेको नेता नयनले बताए ।
रामवृक्ष यादव र सहिद कुमार पौडेलहरुको सपाना पूरा गर्नुको निम्ति गाउँ बस्तिबाट अब जनता उठ्नु पर्ने उनले बताए। मधेस ब्युरो इन्चार्ज नयनले जनताले सहि राजनीति र सहि कम्युनिस्ट चिनेको दिन दलाल संसदिय ब्यबस्था र यो जनतामारा राज्य सत्ता ध्वस्त हुने दाबी गरे । प्रचण्ड, बाबुरामहरुले दलालहरु र बिदेशी सामु गुडा टेकेको कारण नेपाल कम्युनिस्ट आन्दोलन कमजोर भएको धाराणा उनले राखे। संसदिय दलालहरुले राम वृक्ष यादबको सहिद दिबश मनाउदा नसुहाएको र उल्टै सहिदहरुमाथी अपमान भएकाे नेता नयनले बताए।
उनले भने, यो राज्य सत्ताले नै जनयुद्धले तहस नहस पारिएको सामन्ती सोसकहरुलाई संरक्षण दिदै फेरि गाउँ गाउँमा मिटरब्याजको नाम पठाएर किसान,मजदुर,गरिबहरुलाई उठिबास लगाईरहेको छ । यस्तो मिटरब्याजीहरुको अब चिहान खनेर गाड्ने नेता नयनले चेतावनी दिए ।
बिमलाकाे अध्यक्षतामा सन्चालन नवौं महाधिवेशन आयोजक समिति सदस्य निर्माणले गरेकाे थियाे भने स्वागत मन्तव्य अर्जुनले गरेका थिए ।