नेमकिपा र एमालेका नेताहरू नेकपा (बहुमत) मा ध्रुवीकृत

News

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले शनिबार ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेकपा (बहुमत) केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पार्टी ध्रुवीकरण कार्यक्रमका अवसरमा नेपाल मजदुर किसान पार्टीबाट विक्रम, नेकपा (एमाले) बाट प्रमिलालगायत दर्जनौँ नेता–कार्यकर्ताहरू ती पार्टी परित्याग गरी नेकपा (बहुमत) मा लामबद्ध भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (बहुमत) का कार्यालय सचिव लोहनी, जिल्ला इन्चार्ज विश्वास, नेकपा (बहुमत) मा ध्रुवीकृत विक्रम, प्रमिलालगायतले दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सबैखाले संसदीय संशोधनवादी, सुधारवादी र यथास्थितिवादी पार्टीमा रहेका क्रान्तिकारीहरू नेकपा (बहुमत) मा लामबद्ध भएर क्रान्ति अघि बढाउनुपर्ने बताएका थिए ।

नेकपा (बहुमत) भक्तपुर जिल्ला इन्चार्ज तथा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य विश्वासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (बहुमत) ललितपुरका इन्चार्ज एवम् पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य दिल अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) भक्तपुर जिल्ला पार्टी संयोजक अखिल शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *