नेकपा (बहुमत)निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठक सम्पन्न, ५१ सदस्यीय समिति गठन

News

नकुल चौलागाईं, काठमाडौं : नेकपा (बहुमत) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम बैठक सम्पन्न भएको छ ।

काठमाडौंकोमा सप्पन्न सो पार्टीको बागमती उपत्यका विशेष ब्यूरो इञ्चार्ज जीवनको प्रमुख आतिथ्य, जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक उद्धव पौडेलको आतिथ्यमा सम्पन्न बैठकले ५१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

बैठकले सम्पर्क मञ्चको राष्ट्रिय भेला यहि भदौ २५ गते सम्पन्न गर्ने निर्णय गरेको छ । साथै पार्टी केन्द्रले गरेको निर्णयलाई यथाशिघ्र कार्यान्वयन गर्दै अगाडी बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

निर्णयहरू बारे स्पष्ट पार्दै इञ्चार्ज जीवनले वैज्ञानिक समाजवादी क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्न जनतासँग हातेमालो गरेर अगाडी बढ्ने बताए । साथै विप्लवसित अलग भएर पार्टी पुनर्गठन गर्नु परेको बारेमा पनि उनले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *