नागरिकता विधेयक,एमसीसी,एसपीपी,महङ्गीविरूद्द सिमरामा नेकपा (बहुमत)सहित ६ दलीय मोर्चाकाे अन्तरक्रिया 

News

बारा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लगायत ६ दलिय मोर्चाले नागरिकता बिधेयक,एम सी.सी,एस.पी.पी. महङ्गी लगायतको बिषयमा अन्तरक्रिया कार्यक्रम बाराको सिमरामा सम्पन्न गरेकाे छ। कार्यक्रममा अतिथि तथा वक्ताहरुमा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मदेश प्रदेश ब्युरो इन्चार्ज नयन, नेकपा (बहुमत) नवौं महाधिवेशन आयोजक समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य प्रल्हाद साह, नेकपा मसाल केन्द्रीय समन्वयन समिति सदस्य प्रतिनिधि खगेस्वर शर्मा पौडेल,नेकपा मसाल केन्द्रीय समन्वयन समिति सदस्य प्रतिनिधि दिपक प्रसाद चौधरी, वाम बुद्धिजिबि मुनिन्द्रलाल कर्ण, सहिद परिवार कविता मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

वाम बुद्धिजिबि मुनिन्द्रलाल कर्णले केपि ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ढोङ्गी कम्युनिस्टहरु रहेको बताए । नागरिकता बिधेयक मदेशिको मात्र समस्या नरहेको र सिङ्गो देशको समस्य रहेको दाबी गरे ।

एमसीसी, एसपीपी, नागरिकता विधेयक जस्तो रास्ट्रघाती निर्णय गर्दै हिड्ने राष्ट्रघाती ५ दलिय गठबन्धन सरकारको विरुद्ध सम्पुर्ण देशभक्त नेपाली एक साथ उठेर संघर्स गर्नु पर्ने बताए। खगेस्वर शर्माले पुष्प कमल दहाल (प्रचण्ड) अमेरिका र भारतले नचाई रहेको र त्यसै अनुरुप कहिले एमसीसी कहिले एसपीपी कहिले नागरिकता विधेयक भोकेर प्रचण्ड बौलाई हिडेको आरोप लगाए। अब देशको विकास गर्न शेरबहादुर देउवा,केपि ओली,प्रचण्ड, मादव नेपाल, उपेन्द्र यादव, बाबुरामहरुबाट सम्भव नरहेको बताए ।

नेकपा (बहुमत)का केन्द्रीय सचिवालय सदस्य तथा मदेश प्रदेश ब्युरो इन्चार्ज नयनले ५ दलिय गठबन्धन सरकार अमेरिका र भारतको डिजाईनमा चलिरहेको र नेपाललाई फिजिकरण, सिक्किमिकरण, बनाउनु थालेको आरोप लगाए। अब यो राज्य सत्ता गरिब किसान मजदुर बर्गको नरहेको दलाल पुँजीवादीहरुको रहेको त्यसैले क्रान्तिकारीहरुले दलाल पुजीवादी राज्य सत्तालाई ध्वस्त पारेर एसको ठाउँमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापन अपरिहार्य रहेको बताए ।

कार्यक्रमकाे  अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य प्रल्हाद, स्वागत मन्तव्य नेकपा मसाल केन्द्रीय समन्वयन समिति प्रतिनिधी दिपक प्रसाद चौधरी ले गरेको थियो भने कार्यक्रम सञ्चालन नेकपा (बहुमत) महाधिवेशन आयोजक समिति सदस्य तथा रौतहट-बारा इन्चार्ज संकेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *