विप्लवका कार्यकर्ता जबर्जस्ती करणी आराेपमा पक्राउ

Social

कटारी : नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का एक कार्यकर्ता जबर्जस्ती करणी आराेपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका- १० वरडाडा बस्ने बर्ष ४० काे गाैतम भन्ने लालबहादुर कटुवाल रहेका छन् ।

उनलाई एक स्थानीय ४७ वर्षीया महिलालाई पटकपटक जबर्जस्ती करणी गर्दै आएको आराेप छ । उनलेे विभिन्न धम्कि दिएर नाताले भाउजू पर्नेलाई करणी गरेको प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ ।

कटुवाललाई प्रहरीले गत ५ गते पक्राउ गरेको थियो । अहिले उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको निगरानी पाेस्ट डटकमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *