कैलालीमा विप्लव नेकपाका नगर सदस्य चौधरीको नेतृत्वमा १५ जना नेकपा (बहुमत)मा प्रवेश

News

कैलाली : कैलालीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । कैलालीकाे घोडाघोडी नगर समितिकाे वडा समिति विस्तार अभियानमा नगर समिति सदस्य तेज चौधरीको नेतृत्वमा १५ जना नेकपा (बहुमत) मा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरूमा सोमनाथ कठरिया,  प्रवेश कठरिया, सम्भु शाह,  जानकी देवी कठरिया, पुनम कठरिया,  ज्ञानु चौधरी, जिवन भट्ट, मिना कठरिया, अनुपा चौधरी, ममता कठरिया, जयन्ती चौधरी, चन्द्र भट्ट, वीरेन्द्र कठरिया र हरिश भट्ट छन् ।

प्रवेश गर्ने नेताकार्यकर्ताहरूलाई कैलाली जिल्ला ईन्चार्ज सिखर र घोडाघोडी नगर ईन्चार्ज कमरेड महेन्द्रले स्वागत गर्नु गरेका थए । उक्त भेलाले तेज बहादुर चाैधरीकाे नेतृत्वमा १९ सदस्यीय वडा समति चयन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *