

लामा प्रमुख अतिथी ने.क.पा. (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा मकवानपुर इन्चार्ज रवि, विशेष अतिथि अ.ने.क्रा ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजकुमार मगर, अतिथि ने.क.पा. (बहुमत) मकवानपुर संयोजक सक्ती, हेटौंडा नगर इन्चार्ज तथा अ.ने.क्रा ट्रेड युनियन महासंघ मकवानपुर इन्चार्ज मीन ब.गौतम, बागमती गा.पा इन्चार्ज भक्त माझी, जिल्ला सदस्य आर आर सुवेदी, मनहरी गा.पा संयोजक गोपि बि.क. लगायतको उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज रविले अहिलेको अवस्थामा मजदुर आन्दोलन नाजुक हुँदै गएकोले मजदुरहरुलाई संगठित भएर आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्ने बताउदै पुर्ण मजदुर मुक्तीका निमित्त वैज्ञानिक समाजवादी प्राप्तीको दिशामा अघि बढ्नुपर्ने बताए ।

त्यसैगरि विशेष अतिथि अ.ने.क्रा ट्रेड युनियन महासंघ बागमती प्रदेश इन्चार्ज राजकुमार मगरले नयाँ चयन हुने कार्यसमितिलाई शुभकामना दिदै मजदुरहरुलाइ पुँजीवादी दलाल संसदिय व्यवस्थाले २१औँ सताब्दीको दास बनाउन खोजेको उल्लेख गर्दै क्रान्तीद्वारा मात्र मजदुरमुखी राज्यव्यस्था निर्माण गर्न सकिने र नयाँ कार्यसमिती यो दिशामा दृढता पुर्वक अघि बढ्ने विस्वास व्यक्त गरे।

भेलाको अध्यक्षता अ.ने.क्रा ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष नारायण गौतम र सन्चालन अ.ने.क्रा ट्रेड युनियन महासंघका जिल्ला उपाध्यक्ष क.टेक पाखृनले गरेका थिए।