काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्छ : कञ्चन

News

मुक्ति गैरे/लुम्बिनी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेकपा (बहुमत) प्रथम जिल्ला सम्मेलन आयोजक समिति दाङले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणमा बोल्दै कञ्चनले देशमा भएका नदिनाला, वनजंगल, उद्योग कलकारखाना, श्रम शक्ति युवा महिला बेचेर ब्रमलुट मच्चाएको बताएका हुन् । उनले त्यहीँ ब्रमलुट मच्चाउने शिलशिलामा देश नै एमसीसी पास गरेर अमेरिकालाई बेच्ने, नागरिकता विधेयक पास गरेर भारतीय छिराई फिजिकरण बनाउने काठमाडौँमा बस्ने षड्यन्त्रकारी वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्ने बताए । साथै उनले यिनीहरूले नेपाल र नेपाली जनताहरूको अकुत सम्पत्ति लुटेर काठमाडौँमा बस्ने दलालहरूको सम्पत्ति खोजेर श्रमजीवी सर्वहारा जनताहरूलाई बाड्नु पर्नेसमेत बताए ।

उक्त प्रशिक्षणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज सार्दुल, गण्डक ब्युरो कार्यालय सदस्य अनन्त र दाङ जिल्ला इन्चार्ज तिलकले समेत प्रशिक्षण दिएका थिऐ भने अतिथिहरू लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा जिल्ला संयोजक दिग्दर्शन, अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष दिपक बिष्ट लगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दाङ जिल्ला सदस्य तथा घोराही इन्चार्ज हिमालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता तथा सञ्चालन विरेन्द्रले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *