संसदिय ब्यवस्था हटाएर प्रत्यक्ष र्निवाचित राष्ट्रपति प्रणाली लागु गर्नुपर्छ : बास्तोला

News

शितगंगा अर्घाखाँची: नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले अहिलेको सबिधानले देशको रक्षागर्न नसक्ने भन्दै सविंधान परिर्वतन गर्नु पर्ने बताउनु भएको छ । पाटी कार्यक्रता भेटघाट कार्यक्रममा अर्घाखाँची आउनु भएका नेता बास्तोलाले शितगंगामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिलेकको संसदिय ब्यवस्ताको सबिधानलाई सिमित ब्यापारीले समेत राज्य नियन्त्रण गर्न सक्ने गरि बनेकोले संसदिय ब्यवस्था हटाएर प्रत्यक्ष र्निवाचित राष्ट्रपति प्रणाली लागु गरेर देशआई अस्थिरताको बन्दीबाट हटाउन सकिने बताउनु भयो ।

अहिलेका सांसदहरु निर्वाचनमा करोडौ खर्च गरेर निर्वाचित हुने भएकोले मन्त्रिबने पछि उनहिरुले राज्यको स्रोत साधान दुरुपयोग गर्ने भएकोले यो प्रणलीको अन्त्य गरि सबिधान परिर्वतनको जरुरी रहको बताउनु भयो ।

माओवादी जनयुद्धले गणतन्त्र ल्याएको तर माओबादी पाटी बिस्तारै जनताको भावना बिपरित लागेकोले प्रचण्डको बिपक्षमा बसेर जनताको प्रतिनिधित्व गरिरहको नेकपामा रहेकोमा हाल महासचिव नेत्र चन्द्र बिप्लवले समेत संसदिय प्रणलीलाई प्राथमिकता दिएकोले विपलवलाई समेत पाटीको बहुमतले कारवाही गरेर नेकपा बहुमत निमाण गरेको बताउनु भयो ।

नेकपा बहुमत एमसिसिको सधै बिपक्षमा रहेको बताउदै देशलाई बिदेशीको गुलाम बनाउन सिमित सांसद प्रलोभवमा समेत परेर राज्यलाई नोक्सानी पुराइरहेको बताउनु भयो । कम्युनिष्ट पाटीहरु नेपालमा बिचारधारा बाहिर रहेर पदको लागि कम्युनिष्ट बनिरहेको बताउनु भयो नेपालमा समेत पुँजीबाट हाबि भएकोले निष्ठाको राजनिति हराउदै गएकोले अब जनताले प्रत्इक्ष रुपमा सडकमा उत्रिए र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने ब्यवस्था गर्नु पर्नेमा नेकपा बहुमतको मुल उदेश्य रहेकोले पनि पाटी देश र जनताको पक्ष्नमा रहि रहने बास्तोलाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *