विलासको समाजवाद

Arts-literature
लेखक : श्याम बहादुर बाेहाेरा

विलासको वैभवमा उभिएर
उच्छृङ्खल तरुनो घोडा चढेर
ए ख्वामित!
कस्तो समाजवादमा जाने हो?
फुर्सदको वेलामा मजाकका लागि
रंग मन्चको प्रहर्शन हो या विलास?

उद्दिग्नताको उदास वारि भित्र,
निरासाको निसपट्ट छहारी भित्र
समाज वदल्ने संकल्प वोकेको
नविनतम किचारको बिरुवा उम्रदैन।
सुदुर दृस्टिको क्षितिज खुल्दैन।
विलासको मखमली विछ्यौनामा
विन्दासको रंगिन रात त वित्ला
तर नि सहायहरुको सुस्केरा कहाँ झांगिएला!
ए स्वामी ज्यु!
आलो घ्युमा तारेको काजु चपाउदै
विदेशी व्राण्डेड ह्रुस्की को चुस्की तान्दै
तिरिमिरी त्याई
तिरिमिरी त्याई गर्दै
जिव्रो लरवराउदै
सुरिलो सु मधुरमा
स्थापित गाइकाले
रोमान्चक प्रेमिल गित गाए झैं
फेरि हामिलाई एकचोटी फकाउदै
समाजवादि केन्द्रको तुरुप फ्याकेर
के को छप्ल्याङ्ग पार्छौ?
हामिले पनि जुझिसक्यौ अब
वहुरुपी छेपाराहरुले हामिलाई
कसरी छक्याउदै आएका छन भनेर।

इतिहासको मजाक न उडाउ अब
तिमी अझै पनि समाजवादमा जाने भए,
खै व्यक्तिवाद तोडेको?
खै गुटवादको गुडंमा आगो झोसेको?
खै त परिवारवादको साइनो छाडेको?
के समाजवादी ईतिहास तिम्रो इच्छा मुताविक वन्छ?
समाजवादी विरासत त्यति सस्तो छ?
स्वामी ज्यु!
विलासिताको वगैचामा समाजवाद फल्दैन
परायाको लुर्कन पछि दौडेर समाजवाद आउदैन।
तिम्रो विलासको समाजवादले
तिमिले पिउने ह्रुस्किले
र तिमिले चपाउने घ्युमा भुटेको काजुले
मजदुरलाई मुक्त्ती दिदैन।
तिम्रो त्यो विलासको समाजवादले
तिमिलाई दिन पर दिन
घाटतिर घिसार्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *