कैलाली : विभिन्न पार्टी माेर्चाबाट देशब्यापी रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गर्नेहरूकाे लर्काे लागेका छन् । यसैक्रममा आज कैलालीबाट नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा प्रदेश समिति सदस्य तथा वाइसेल प्रदेश समिति इन्चार्ज कमल विक ‘विवस’को नेतृत्वमा २४ जनाहरू युवा पार्टी परित्याग गरि नेकपा (बहुमत) प्रवेश गरेका छन् ।




