मनिसा आले,पाल्पा : नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति पाल्पाले बर्षातको समयमा घर चुहिरहेको अवस्था देखेपछि तत्कालका लागि त्रिपाल उपलब्ध गराएको छ । आज पिडित पाल्पा बगनासकालि गाउँपालिका चापपानिका किसान ईश्वरी बिकलाई हस्तान्तरण गरिएको हो ।
त्रिपाल हस्तान्तरण गर्दै नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का पाल्पा जिल्ला संयोजक दिग्दर्शनले आफुहरुको लडाइँ सर्वहारा गरिब,किसान,महिला,दलित र विभिन्न उत्पिडित जातजातिको पक्षमा भएको हुँदा उहाँहरुको पक्षमा सकेजति आफुहरुले निरन्तर सहयोग एवम् न्यायको पक्षमा लड्ने बताउनुभयो । साथै उहाँले विगतका नेताहरूले आस्पासन दिएर ढाट्ने काम गरेर भ्रमित पारेको सन्दर्भमा त्यस्ता भ्रमबाट मुक्त हुदै र आस्पासनमा नफसि अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।
विगतका नेताहरूले आफुहरुलाई चाहिदा मात्रै खोज्ने,आस्पासन दिने,प्रलोभनमा पार्ने र भ्रममा पार्ने अरुबेला वेवास्ता गर्ने प्रवृत्तिलाई तुरुन्तै पहिचान गरि त्यस्ता नेता र दलहरूलाई गाउँ गाउँबाट लखेट्नु पर्ने समेत बताउनुभयो ।
उहाँले आफुहरुले आस्पासन,प्रलोभन र भ्रम नदिने तर सकेको सहयोग निरन्तर गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । हस्तान्तरण कार्यक्रममा युवा जनस्वयम सेवक नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संयोजकको पनि उपस्थिति रहेको थियो ।