उत्पीडित समुदायको मुख्य दुश्मन दलाल सत्ताविरुद्ध बिद्रोह गर्नु प्रवक्ता सुदर्शनकाे अपील 

News

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले उत्पीडित समुदायको मुख्य दुश्मन दलाल सत्ता भएको भन्दै त्यसका विरुद्ध बिद्रोह गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । पार्टी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको बिशेध भेलालाइ सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रवक्ता सुदर्शनले दलित आन्दोलनलाई नया ढंगले अगाडि बढाउनु पर्ने धारणा राख्दै मालेमा भन्दा बाहिर बाट कुनै पनि उत्पीडनको अन्त्य हुनै नसक्ने बताएका छन् । दलित समुदायका मित्र शक्ति किसान, मजदुर , उत्पीडित जाती क्षेत्र भएकोले अब उत्पीडितहरुले मोर्चा बनाएर लड्नु पर्नेमा जोड दिएका छन् ।

आज सप्पन्न मोर्चाको भेलाले दर्शन कुमार नेपालीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । भेलामा नेकपा बहुमतका कार्यलय सदस्य  दिपक चलाउने,  गुणराज लाेहनी, बाबुराम गजमेर सचिवालय सदस्यहरु शरद रसाइली र पूर्णबहादुर सिंहले शुभकामना मन्तब्य राखेका थिए । उक्त भेलामा नेकपा बहुमतका महाधिवेशन आयोजक समिती सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *