ताप्लेजुङमा नेकपा (बहुमत)काे ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

Political

झापा  :  नेकपा( बहुमत) ले ताप्लेजुङमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। उक्त पार्टीका जेष्ठ सदस्य वीर बहादुर लिम्बुको अध्यक्षता तथा पार्टीका पुर्वी ब्युरो इन्चार्ज निर्मलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सम्राटकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ।

दिपेन लिम्बू (संम्राट) ले सञ्चालन गरेको उक्त भेलामा महाधिवेशन आयोजक समिति सदस्य मनिष, नेता याम लिम्वु लगायतको उपस्थिति रहेको थियोे ।

उक्त भेलालाई सम्बोधन गर्दै ब्युरो इन्चार्ज निर्मलले नेकपा( बहुमत) को पुनर्गठन को आवश्यकता, औचित्य र आगामि कार्यभार बारे मन्तव्य राखेका थिए भने भेलालाई मनिष मिश्र , याम लिम्बू लगायतले सम्बोधन गरेका थिए।

भेलाले मंसिर भित्र सम्मेलन गरिसक्ने र त्यसका लागि संगठन सुदृढीकरण र बिस्तार अभियानलाई तिब्रता दिने निर्णय गरेकाे बताइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *