वागीश्वरी कलेजका विद्यार्थीहरुको भनपा वडा नं.९ मा सर्वेक्षण

Education

भक्तपुर : वागीश्वरी कलेजमा स्नातक तह प्रथम वर्षको मानविकी सङ्कायमा समाजशास्त्र विषय लिई अध्ययनरत विद्यार्थीहरुले भक्तपुर नगरपालिका वडा नं. ९ मा ‘फोहोर मैला व्यवस्थापन र सामाजिक सम्बन्ध तथा लैङ्गिक असमानता’ विषयमा सामाजिक सर्वेक्षण सम्पन्न भयो ।
सर्वेक्षणका लागि भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सहजीकरण गर्नुभएको हो ।
विद्यार्थीहरुले भक्तपुर नगरपालिकाको वडा नं. ९ का तचपाल, साकोलान, त्वचा, सूर्यमढी र मक्व गल्लीलगायतका स्थानहरुलाई समेटी अध्ययन गरेका थिए ।
उक्त सर्वेक्षणको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहु“दै कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सैद्धान्तिक विषयवस्तुलाई व्यवहारमा उतार्न समाजस“ग भिज्नु आवश्यक रहेको कुरामा जोड दि“दै यथार्थपरक सिकाई जीवन्त तथा दिगो हुने कुरा प्रष्ट्याउनुभयो ।
उहा“ले वागीश्वरीले सृजनात्मक तथा समस्या समाधानमूलक सिकाईलाई स्थापनाकालदेखि नै प्रश्रय दिएको समेत बताउनुभयो ।
समाजशास्त्रका शिक्षक अम्बर श्रेष्ठले सङ्कलित तथ्याङ्कलाई जनप्रतिनिधिको उपस्थितिमा एक कार्यक्रम बीच प्रस्तुतीकरण गर्दै सर्वेक्षण कार्यलाई समापन गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *