दोलखामा ‘प्रज्ज्वल सङ्गठन सुदृढीकरण’ अभियान उद्घाटन

Education

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वी बागमती विशेष समितिले दोलखा जिल्लाको चरीकोटमा दुईमहिने प्रज्वल सङ्गठन सुदृढीकरण अभियान कालिञ्चोक माध्यमिक विद्यालयमा उद्घाटन गरेको छ ।

उद्घाटन कार्यक्रम नेकपा (बहुमत) दोलखा जिल्ला इन्चार्ज एवम् प्रमुख अतिथि विनयराज शर्मा, अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य बागमती ब्युरो इन्चार्ज विशाल जिरेल, जिल्ला संयोजक अन्जान, युवा जनस्वयम्सेवक नेपाल दोलखा जिल्ला संयोजक भरतलगायत जवस मोर्चाका पदाधिकारीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन दोलखा जिल्लाका विद्यार्थी संयोजक अन्जानले गरेका थिए ।

कार्यक्रममा विद्यार्थी नेता विशाल जिरेल, जिल्ला इन्चार्ज विनय र संयोजक अन्जानले विद्यार्थी आन्दोलनका बारेमा प्रशिक्षण दिएका थिए । भेलाले अनु सापकोटा अध्यक्ष रहने गरी १७ सदस्यीय समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *