आज थप २१८ जना कोरोना सङ्क्रमित, २ जनाको मृत्यु

Health

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २१८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ४ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ६३८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा २ हजार २१५ जनाको पीसीआर परीक्षणमा ४०० जना र २ हजार ८४० जनाको एन्टीजेन परीक्षणमा २३८ जना गरी जम्मा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५९ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप २ लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७१४ रहेको छ । त्यसमा आई.सी.यु.मा ३० जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । यसैगरी होम आइसोलेसनमा ३ हजार ५८१ जना र संस्थागत आइसोलेसनमा ११३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *