शुदर्शनले विप्लवलाई लगाए गम्भीर आरोप

National News Political

नेकपा(बहुमत)नेता हेमन्तप्रकाश वली(शुदर्शन)ले नेकपाका तत्कालिन महासचिव विप्लवलाई गम्भीर आरोप लगाएका छन।

केही समयअघि चुनावी कार्यनितिकाे बिषयलाइ लिएर नेकपा बिघटन गरी नेकपा(बहुमत) पुनर्गठन गरेर सो पार्टि प्रवक्ता समेत रहेका वलीले विप्लवलाई राजतन्त्र स्वीकार गर्दै प्रधानमन्त्री बन्ने सोचमा रहेको आरोप लगाएका छन।

बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छैटौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले काठमाडौँ संवाद डबलीमा आयोजना गरेको ‘सांस्कृतिक संशोधनवादविरुद्ध मार्क्सवादी संस्कृतिकर्मीहरूको भूमिका’ विषयक विचारगोष्ठी तथा कविता वाचन कार्यक्रममा प्रमुख अतिथि रहेका प्रवक्ता सुदर्शनले प्रचण्डसँग अलग हुँदा विप्लवले समाजवाद स्थापना गर्न नभई केही सैनिक जर्नलहरुसंग मिलेर दलहरुमाथी प्रतिबन्ध लगाउने र राजा राख्दै आफू प्रधानमन्त्री बन्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन। प्रवक्ता सुदर्शनले विप्लवमा मनोगतवादी र एकलकाटे प्रवृति रहेको समेत आरोप लगाएका थिए। जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शुदर्शनले विप्लवमाथि उक्त आरोप लगाएका हुन।

नेकपा केन्द्रीय समितीको १२औ पुर्ण बैठकमा केन्द्रीय समितीले स्थानीय चुनावलाई संघर्षको रुपमा राष्ट्रघात,एमसिसी बिरोधि स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुलाइ सहयोग गर्न सकिने निर्णय सर्वसम्मत पारित गरेको थियो। तर पार्टी निर्णय बिपरित बिप्लव प्रकाण्डले गौण पक्षलाई प्रधान र प्रधान पक्षलाई गौण बनाएपछि पार्टीको महासचिव र प्रबक्ता बाट हटाएर नेकपा(बहुमत) पुनर्गठन गरिएको थियो ।

विप्लव संसद्‌वादी संशोधनवादी देखिएको र संसद्‌वादीहरूको अन्तिम गन्तव्य यही संसद्‌वादसम्म मात्र भएकाले वैज्ञानिक समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु आफ्नो पार्टीको दायित्व भएको पनि उनले स्पष्ट पारे ।

बन्दुक र पैसाले मतदान गर्ने पुँजीवादी, संसद्‌वादी व्यवस्थामा सर्वहारा वर्गले जित्न नसक्ने भएकाले वर्गसङ्घर्षको प्रक्रियाबाटै अघि बढ्नुपर्ने पनि प्रवक्ता सुदर्शनले बताए । एमसीसी पारित गरेपछि मुलुक सीधै नवऔपनिवेशिक बनेको विश्लेषण गर्दै प्रवक्ता सुदर्शनले राष्ट्रियता रक्षाका लागि जनगणतन्त्र कोरिया र क्युबाले लडेको लडाइँजस्तै नेपालले पनि लड्नुपर्ने अवस्था उत्पन्न भएको प्रस्ट पारे । ‘अब हामीले राष्ट्रिय मुक्ति र जनमुक्तिको लडाइँ सँगसँगै लड्नुपर्नेछ’, उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *